चैत मसान्तसम्ममा चार हजार भन्दा बढी शिक्षकको पद रिक्त हुने।     भूकम्प प्रभावित क्षेत्रमा अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सुरु     लालबन्दी नपा अन्तर्गतका विद्यालयहरुमा करार सेवामा शिक्षक पदको खुल्ला बिज्ञापन भएको छ सुचना हेर्नुहोस्

  समाचार लेख रचना  

यस वेभसाईटमा बिज्ञापन दिनु भै आफनो पेशा व्यवसाय सँघसंस्थाको प्रचार प्रसार गर्नु भै लाभ उठाउनुहोला । दिनुभएका वा दिन चाहने सेवाग्राहीहरुले Open link मा Click गरी भुक्तानी गरिदिनुहोला ।

Open link » 1 Open link » 2

बारीको कोदो बाँदरले सिध्याउलान् भन्ने पिरले आशाले चार दिन लामो छुट्टी मागिन्...✍️

आशालाई बारीमा पाकिसकेको कोदो बाँदरले सिध्याउला भन्ने पिर रहेछ। त्यही कोदो आफू एक्लैले काटेर थन्क्याउनका लागि उनलाई कक्षाबाट चार दिन लामो छुट्टी चाहिएको थियो।

 


 मंसिर ११ गते पूर्णिमाको दिन। प्युठान जिल्लाको झिमरुक गाउँपालिका–३, कुटेडाँडामा रहेको बालज्योति आधारभूत विद्यालयका शिक्षक र विद्यार्थी सबै गाउँमा लागेको ब्रह्माथान मेला हेर्न गएका थिए। मेलामा रमाइरहेका बालबालिकामध्ये कोही खेल्दै थिए, कोही मन पर्ने खानेकुरा किनेर खाइरहेका थिए। रमझमको त्यो माहोलमा कक्षा ४ मा पढ्ने आशाकुमारी विक पनि थिइन्। 

विद्यालयका प्रधानाध्यापक शंकरबहादुर बस्नेतले ११ वर्षकी आशाको अनुहारमा निराशाको बादल देखे। टोलाइरहेकी उनी न खुशी देखिन्थिन् न त साथीहरूले झैँ मेलामा पाकेका परिकारको स्वाद नै लिइरहेकी थिइन्। प्रधानाध्यापक बस्नेतले चासो दिएर सोधीखोजी गरे। तर अन्तर्मुखी स्वभावकी उनले खुलेर केही बोलिनन्। आशाको मलिन अनुहारको मौनताले कुनै न कुनै चिन्ता बोलिरहेझैँ उनलाई लाग्यो। 

विद्यालयमा पढ्ने १०३ बालबालिका सबैजसो नै मेलामा सहभागी थिए। दिनभरको रमाइलो मेला सकियो। घर फर्किने बेला आशाले आफूसँगै पढ्ने साथीहरूमार्फत हेडसरसँग राखिदिन एउटा अनुरोध गरिन्। त्यो अनुरोध थियो– उनलाई चार दिनका लागि चाहिएको बिदाको स्वीकृति। बिदा जरुरी पर्नाको कारण पनि आशाले साथीहरूसँग साझा गरिन्। 

खासमा उनलाई बारीमा पाकिसकेको कोदो बाँदरले सिध्याउला भन्ने पिर रहेछ। त्यही कोदो आफू एक्लैले काटेर थन्क्याउनका लागि उनलाई कक्षाबाट चार दिन लामो छुट्टी चाहिएको थियो। मनमा मडारिइरहेको कोदो जोगाउने चिन्ताबारे आफैँले बोल्ने आँट नआउँदा उनले साथीहरूको सहयोग लिएकी थिइन्। 



आशाकुमारी विक (माथि), उनको बारीमा कोदो काट्दै गरेका विद्यार्थी र बालज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक शंकरबहादुर बस्नेत। तस्वीरहरू सौजन्य: कृष्णा जीसी

आशाले गरेको अनुरोध उनका साथीहरूको मुखबाट सुनेपछि विद्यालयका प्रधानाध्यापक बस्नेतको मन छोयो। “त्यो सुनेपछि नानीलाई साह्रै गाह्रो रहेछ भन्ने मैले थाहा पाएँ। घरमा खानाको जोहो गर्नेदेखि ८४ वर्षकी हजुरआमा स्याहार्नेसम्मको जिम्मेवारी उनकै थाप्लोमा रहेछ,”  शुक्रबार विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत शिक्षक र विद्यार्थी सबै मिलेर उनको बारीको कोदो काटिदिने योजना मनमनै बनाएँ।” 

त्यसपछि उनले आशालाई स्कुल छाडेर एक्लै कोदो काट्नुको सट्टा दुई–चार दिन पर्खन भने। शुक्रबारको पर्खाइ हुँदै थियो। एक दिन बाँकी छँदा बिहीबार बिहान विद्यालयका एकदुई जना अन्य विद्यार्थीले आशाको कोदोबाली बाँदर आएर सिध्याउनै लागेको खबर ल्याए। “त्यो सुन्नासाथ अरू सरम्याडमसँग सल्लाह गरेर शिक्षक र विद्यार्थी सबै मिलेर हिजो (बिहीबार) इन्टरभलको समयमा कादो भित्र्याइदियौँ,” प्रधानाध्यापक बस्नेतले सन्तुष्ट भावमा सुनाए।  

Our services like Gradesheet Software, Fee mgt Softaware, Entrance-Card, Progress-Card, Certificate Software, Online result, sms services, Question Bank, intellectual services & other many services are avialable. Press on image to apply form   

Open link » 1 Open link » 2

शिक्षक र विद्यार्थीहरूलाई एकैसाथ कोदो काट्न धेरै औजार चाहिने भएकाले गाँउबाट हँसिया–करौँती जम्मा गरेर एकैछिनमा काटिएको उनले बताए। “आशाकी हजुरआमाको स्वास्थ्य एकदमै नाजुक रहेछ। बाँदरले आएर बाली खाइदिए पनि धपाउन नसक्ने उहाँको अवस्था र परिवारमा अरू कोही पनि नहुँदा उनलाई साहै्र दुःख भएको रहेछ। हामीले थाहा पाएर सामूहिक रूपमा मद्दत गर्‍यौँ,” प्रधानाध्यापक बस्नेतले भने।

आशामाथि अभिभारा आउनुको कारण  
अर्को अंकमा 

सावधान

  लुम्बिनी वर्ल्ड स्कुलमा साहित्यिक महोत्सव सम्पन्न 

लुम्बिनी वर्ल्ड स्कुलले यसै दशैँ – तिहार बीचको उमङ्गमय समयको अवसर पारेर आफ्नो पहिलो साहित्यिक महोत्सव सम्पन्न गरेको छ । प्री देखि कक्षा नौ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको उक्त महोत्सव दुई हप्ता सम्म सञ्चालन गरिएको थियो । विद्यालयमा साहित्यिक माहोल तयार गरी विद्यार्थीहरूलाई विभिन्न रचनात्मक कार्यहरूमा सामेल गराइएको थियो ।

प्रतिकृया दिनुहोस

Copyright © All right reserved to https://shamser.info.np Site By: .